यो दिन
आज को दिन साचै खास थियोमन मा दुख को लहर भएपनि
दुइ ओठले हास्ने
साथीहरु संग उत्तिकै रमाउने
प्रयास गरेको थियो..
तिम्रो यादमा तडपिएको यो मन
तिम्रो तस्बिर हेरि
परेली मा आँसु लुकाउन नसक्दा
बगेको आँसु को धारालाई
पसिना को थोपा भनि
साथी हरुलाई झुठ बोल्दा
मेरा ओठहरु पनि लरबराएकै थियो...
अ साचै... थाहा छ तिमिलाई
त्यो रुख मुनि म एक्लै बस्दा
अचानक तिमि पछि आएर उभ्भिदा
मईले नजाने झै
तिमीलाई प्रश्न गर्दा
तिमि आत्तिएर मलाइ फेरि जवाब दिदा
तिम्रो अनुहार कति सुनौलो थियो...
आज तिमि त छैनउ
तिनै पलहरु नै याद बनि
मलाई घोचि रहेछन
ह्रदय रोएर अय्या भनि
तडपाइ रहेछ जलाई रहेछ
आँसु को धारा बगाइ रहेछ
आँसु को धारा बगाई रहेछ...
No comments:
Post a Comment